नेपाल एसबीआई बैंकको नाफा दोहोरो अंकले वृद्धि, ईपीएस र वित्तीय प्रगतिमा पनि सुधार
काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतको वृद्धि हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि ११.६७ प्रतिशतले बढेकाे छ। गत वर्षको पुस मसान्तसम्म २ अर्ब २९ करोड ३३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष २ अर्ब ५६ करोड १० लाख रुपैयाँ पुगेको छ।
यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि बढेर ३१ करोड ५७ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि गत वर्षको ५६ करोड ३५ लाख ३७ हजारको तुलनामा बढेर ७१ करोड ५३ लाख ७९ हजार रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी ३ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ पुगेको छ। हाल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड १३ लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी पनि गत वर्षको १६.५२ रुपैयाँबाट वृद्धि भई १८.९३ रुपैयाँ कायम भएको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १९३.१० रुपैयाँ रहेको छ।
बैंकको खराब कर्जा भने गत वर्षको ३.५५ प्रतिशतबाट घटेर २.६४ प्रतिशतमा झरेकाे छ।
१० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २ खर्ब १६ अर्ब १० करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ९९ करोड १९ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।













