सिद्धार्थ बैंकले कमायाे १ अर्ब ३२ करोड नाफा, अन्य सूचक कस्ता छन् ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिद्धार्थ बैंकले कमायाे १ अर्ब ३२ करोड नाफा, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नाफामा उच्च सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १५०.२० प्रतिशतले बढेको हो।

पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३२ करोड ६६ लाख ५३ हजार २४९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड २ लाख २९ हजार ४७१ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि ५.१५ प्रतिशत बढेकाे छ । गत वर्षको सोही अवधिको ४ अर्ब ११ करोड ६० लाख रूपैयाँ रहेकाे बैंककाे खुद ब्याज आम्दानी ४ अर्ब ३२ करोड ८० लाख रूपैयाँ पुगेकाे छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी पनि ५ अर्ब २७ करोड ३३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि ७५ करोड ५४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ७.१९ रुपैयाँबाट बढेर १७.९८ रुपैयाँ पुगेकाे छ भने बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट घटेर ३.४५ प्रतिशतमा झरेको छ।ान

समिक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २११.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २१.४५ रहेको छ।

चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५८ करोड ४५ लाख रुपैयाँरहेको छ। बैंकले समिक्षा अवधिमा २ खर्ब ९० अर्ब ४७ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब २५ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्