आईपीओ निष्कासनकाे तयारीमा रहेकाे नेक्सजेन म्यानेजमेन्टले पायाे ‘डबल बी’ रेटिङ
काठमाडौँ । सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले ‘डबल बी’ रेटिङ पाएको छ।
केयर रेटिङ नेपाल लिमिटेडको गत माघ १४ गतेको निर्णयअनुसार कम्पनीलाई ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरिएको हो।
५० करोड संस्थापक पूँजी संकलन लगानी कम्पनीको रूपमा कार्यरत नेक्सजेनले २०८२ पुस मसान्तभित्र संस्थापकहरूबाट ५० करोड रुपैयाँ पूँजी जुटाइसकेको छ।
सन् २०१७ (वि.सं. २०७४) मा स्थापना भएको यो कम्पनी विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भइरहेको छ। कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको छ भने विगतका वर्षहरूमा आफ्ना सेयरधनीहरूलाई लाभांश समेत वितरण गरिसकेको छ।
२० प्रतिशत शेयर सर्वसाधारणलाई गत माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कुल पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो। यो निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल शेयर निष्कासन कार्यका लागि कम्पनीले गत मंसिर ८ गते नै लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग सम्झौता गरिसकेको छ। रेटिङ प्रक्रिया सम्पन्न भएसँगै कम्पनी अब नियामक निकायमा स्वीकृतिका लागि जाने तयारीमा रहेको छ।













