बजारमा तरकारीको भाउ छोइनसक्नु, तर राष्ट्रबैंक भन्छ– सस्तियो
काठमाडौँ । यो साल काठमाडौँ र समग्र नेपालमै एउटा अनौठो बजार परिदृष्य देखियो । साउन–भदौदेखि नै महँगिएको तरकारीको भाउ कहिल्यै पनि सस्तिएन । अचेल हिउँदे रायोको साग बाहेक तरकारीको भाउ नै नसस्तिएको भनेर गुनासा गर्ने क्रम बढेको छ । तर नेपाल राष्ट्र बैंकले अरु थुप्रै कुराहरु जस्तै तरकारीको भाउ पनि सस्तिएको भनेर मुद्रास्फीतिको तथ्यांक प्रकाशित गरेको छ ।
सोमबार साँझ राष्ट्र बैंकले प्रकाशन गरेको गत पुससम्मको मासिक प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदनले मंसिरको तुलनामा पुसमा तरकारीको भाउ ८.२१ प्रतिशत सस्तिएको देखाएको छ । पोहोर पुसको तुलनामा भने यसरी सस्तिने दर १.१ प्रतिशतमात्रै रहेको देखिन्छ । सबैभन्दा बढी तत दाल र गेडागुडी सस्तिएको प्रतिवेदनमा उल्लेख छ । यसको भाउ साढे ५ प्रतिशत सस्तिएको तथ्यांक छ ।
मसलाको भाउ पनि ४ प्रतिशत हाराहारी सस्तिएको भनिएको छ भने चामल, गहूँ, मकै इत्यादी खाद्यान्नको भाउ पनि ३.७ प्रतिशत सस्तिएको भनिएको छ । सेवा क्षेत्रमा भने बीमा तथा वित्तीय सेवा नगन्यमात्रै भए पनि सस्तिएको राष्ट्र बैंकको तथ्यांक छ ।
महंगियो चाहीँ के त ?
राष्ट्र बैंकले समग्र बजार भाउ (उपभोक्ता मुद्रास्फीति) पछिल्लो एक वर्षमा २.४२ प्रतिशत महँगिएको भनेको छ । तर मंसिरको तुलनामा पुसमा समग्र बजार भाउ नै पनि ०.२ प्रतिशत सस्तिएको आँकडा केन्द्रिय बैंकले सार्वजनिक गरेको छ ।
यसमध्ये खाद्य समूहतर्फ फलफूल (५.२ प्रतिशत) र गैह्रखाद्य समूहतर्फ शिक्षा (७.५६ प्रतिशत) सर्वाधिक महँगिएको देखिएको छ । योभन्दा पनि ‘अन्य वस्तुतथा सेवा’ भनिने ‘छुटफुट’वाला समूहको महँगी २१.७५ प्रतिशत बढेको देखिन्छ । यो समूहमा ‘अपरिभाषित’ थुप्रै कुराहरु छन् । त्यसमध्ये खासमा के चिज यतिधेरै महँगिएको हो भन्ने विवरण राष्ट्र बैंकले खुलाएको छैन ।
फर्निसिङ, रेस्टुरेन्ट र स्वस्थ्य क्षेत्र पनि महँगीएका छन् ।
२०७९ साउनदेखि २०८२ पुससम्मको उपभोक्ता मूद्रास्फीतिमा देखिएको बदलाव (प्रतिशत) :

















