सुपरमाई हाइड्रोपावरको डबल धमाका : २० प्रतिशत बोनस सेयरसँगै सतप्रतिशत हकप्रदको प्रस्ताव - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सुपरमाई हाइड्रोपावरको डबल धमाका : २० प्रतिशत बोनस सेयरसँगै सतप्रतिशत हकप्रदको प्रस्ताव



काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २०८२ माघ २० गते मंगलबार बसेको १३२ औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले हालको चुक्ता पुँजी ५३ करोड ५० लाख रुपैयाँको कुल २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यस अनुसार कम्पनीले १० करोड ७० लाख रुपैयाँ बराबरको बोनस शेयर बाँड्नेछ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ५६ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांश समेत दिने निर्णय गरेको छ।

यस्तै, कम्पनीले बोनस शेयरपश्चात् कायम हुने पुँजीमा १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ।

प्रस्तावित लाभांश नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले पाउनेछन्। ७.८ मेगावाट क्षमताको यो आयोजना इलाम जिल्लामा अवस्थित छ।


प्रतिक्रिया दिनुहोस्