एनसीएचएलका सीईओ प्रधान 'म्यानेजर अफ द इयर' अवार्डबाट सम्मानित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनसीएचएलका सीईओ प्रधान ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित



काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघद्वारा आयोजित ४५ औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ मा ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित गरिएको छ ।

प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याउँदै आएको योगदान तथा वहाँको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको एनसिएचएल-इसिसी, एनसिएचएल-आइपिएस, आरपिएस, एनपिएस, कनेक्ट आइपिएस, कर्पोरेट-पे, नेपालपे क्युआर, नेपालपे कार्ड, इएफटी स्विच, एनपिआई र एनपिआईएक्स लगायतका १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधारहरुले डिजिटल अर्थतन्त्रमा पार्नुभएको प्रभावको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ्गबाट सुरु गरी एनसीएचएललाई आजको दिनमा आइपुग्दा नेपालको भुक्तानी पूर्वाधारको मेरुडण्डको रुपमा स्थापित गर्न सफल भएका छन् ।

नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष प्रदान गर्ने गरेको म्यानेजर अफ द इयर अवार्ड व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरु मध्येबाट छनोट गरी सम्मानित गर्न प्रदान गरिँदै आएको छ । सोहि कार्यक्रममा नेपालमा आफ्नो विशेष योगदान पुर्याउनु भएका डा.युवराज खतिवडालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मनित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्