१२ खर्बको वैदेशिक व्यापारमा ११ खर्बको आयात मात्रै, निर्यातको कछुवा गतिले साढे ९ खर्ब नाघ्याे व्यापार घाटा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१२ खर्बको वैदेशिक व्यापारमा ११ खर्बको आयात मात्रै, निर्यातको कछुवा गतिले साढे ९ खर्ब नाघ्याे व्यापार घाटा




काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा नेपालको वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ। साउनदेखि माघ मसान्तसम्म नेपालले १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३६ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको हो।

गत आर्थिक वर्षको यसै अवधिमा मुलुकको कुल वैदेशिक व्यापारको आकार ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ थियो।

भन्सार विभागका अनुसार माघ मसान्तसम्म नेपालले ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा आयात १३.६५ प्रतिशतले बढेको हो। गत आवको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो।

यस्तै, यस अवधिमा नेपालबाट १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा निर्यात ३२.१९ प्रतिशतले बढेको हो। गत आवको सात महिनामा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो।

निर्यातमा उल्लेख्य सुधार आउँदा पनि यस अवधिमा व्यापार घाटा भने १०.९१ प्रतिशतले बढेको छ। गत माघ मसान्तसम्म ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपैयाँ बराबर रहेको मुलुकको व्यापार घाटा समीक्षा अवधिमा ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख ८९ हजार रुपैयाँ पुगेको छ।

विभागका अनुसार यस सात महिनाको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.९८ प्रतिशत र निर्यात हिस्सा १३.०२ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्