निर्वाचन नजिकिँदै गदा साढे २७ अंकले घट्यो शेयर बजार
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन केही दिन मात्र बाँकी रहदा पनि शेयर बजार भने घटेको छ । निर्वाचनले गर्दा शेयर बजारमा उत्साह आउनु पर्नेमा अहिले शेयर बजार भने निरन्तर जस्तो घटिरहेको छ ।
साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५९ अंकले घटेर बन्द भएको छ । आज नेप्से १.०४ प्रतिशतले घटेर परिसूचक २६१४.५५ विन्दुमा आएको छ ।
आज नेप्से घट्दा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा भने ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७२ लाख १०४ पटक शेयर किनबेच भएको छ ।













