नेप्सेमा झिनाे सुधार, काराेबार भने सवा ५ अर्बमा खुम्चियाे
काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ। आज २.४१ अंकले बढेर सेयर बजार मापक नेप्से परिसूचक २६ सय १६ दशमलव ९७ विन्दुमा राेकिएकाे छ।
नेप्से सामान्य बढे पनि आज काराेबार रकम भने घटेकाे छ। आज ३२९ कम्पनीकाे १ कराेड २६ लाख २१ हजार १८८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब १३ कराेड ८६ लाख ४९ हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३२४ वटा कम्पनीका १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको थियाे ।
आज बाणिज्य बैंक, बिकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य समुहको सेयर बढेको छ भने बाँकी समुहको सेयर मूल्य घटेको छ।
यसदिनकाे काराेबारमा ११३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १४० कम्पनीकाे घटेकाे छ। यस्तै ९ वटाकाे सेयर मूल्य स्थिर रहेकाे छ। आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सकाे सेयर मूल्य क्रमशः ९.९९ र ९.२८ प्रतिशतले बढेकाे छ।













