नेप्से १० अंकले बढ्यो, कारोबार ४ अर्ब मात्र
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अंकले बढेको छ । आज नेप्से ०.३९ प्रतिशतले बढेर परिसूचक २६४८.९० विन्दुमा पुगेको छ ।
आज नेप्से ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर कारोबार भएको छ ।
आज बजार बन्द हुँदा १५७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।
आज दिनभरमा ३३३ वटा कम्पनी कारोबारमा आउँदा ४८ हजार ६४० पटक शेयर किनबेच भएको छ ।













