रिज लाइन इनर्जीको आइपीओ बाँडफाँड, कतिले पाए ?
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गते देखि सर्वसाधारणका लागि बिक्री सुरु गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ ।
कम्पनीले १ लाख १८ हजार २६ जनाले १० कित्ताका देरले ११ लाख ८० हजार २६० कित्ता शेयर पाएका छन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो कुल जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै छुटाइएको थियो ।
यस पटक सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर निष्कासन गरिएको थियो । कम्पनीले कुल कित्तामध्ये २८ हजार ४४० कित्ता कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको शेयर सर्वसाधारणमा ल्याएको हो ।













