एपोलो हाईड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एपोलो हाईड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन



काठमाडौं । एपोलो हाईड्रोपावर लिमिटेडले बिक्री खुल्ला गरेको प्राथमिक शेयर (आइपीओ)मा आवेदन दिने आज अन्ति दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बिक्री खुल्ला गरिएको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले गत माघ २० गते प्रतिकित्ता १०० रुपैयाँका दरले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई, बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँ बराबरको ९ लाख ४० हजार कित्ता विदेशमा भएका लागि छुट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ९४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्