लगातार चाैथाे दिन पनि नेप्सेमा झिनाे सुधार, सवा ४ अर्बमा खुम्चियाे काराेबार
काठमाडौं । लगातार चौथो दिन आज पनि सेयर बजार सामान्य अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से ६.०३ अंकले बढेर २६ सय ५४ दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको छ ।
नेप्से परिसूचकमा सुधार देखिए पनि केहि दिनयता कारोबार रकम भने निरन्तर घटिरहेको छ। आज ३३५ कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
हिजाे ३ सय ३३ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँमा किनबेच भएको थियाे ।
आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, मइक्राेफाइनान्स, म्युच्युअल फण्ड समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेकाे छन् ।
आजकाे काराेबारमा १३७ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सकाे सेयर मूल्य क्रमशः ९.९९ र ९.२६ प्रतिशत बढेकाे छ।













