हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड आईपीओ ल्याउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड आईपीओ ल्याउने



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज संस्था यस हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणको लागि प्राथामिक शेयर (आइपीओ) ल्याउने भएको छ ।

कम्पनीको कार्तिक १२ मा सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार प्राथमिक सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको गरेको छ ।

बोर्डले फागुन १३ गते प्रकाशन भएको आइपीओ सुचीमा अन्य वर्गमा यस कम्पनीको प्राथमिक सार्वजनिक निष्काशनको निवेदनलाई सुचिकृत भएको छ ।

कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रति कित्ता रू.३५८.८५ का दरले प्रिमियम मुल्यमा जारी गर्ने गरी धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । साथै प्राथमिक सार्वजनिक निष्काशनको निष्काशन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्