शेयर बजार १९ अंकले बढ्यो  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजार १९ अंकले बढ्यो 



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२७ अंकले बढेको छ । आज नेप्से ०.७२ प्रतिशतले बढेर २६७४.२० विन्दुमा आएको छ । 

आज दिनभरमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर किनबेच भएको छ । 

आज बजार बन्द हुँदा १८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 


प्रतिक्रिया दिनुहोस्