सेयर बजारमा हरियाली: ३८ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब नाघ्यो
काठमाडाैं । याे साता लगातार दाेस्राे दिन मंगलबार पनि सेयर बजारमा हरियालि देखिएकाे छ। आइतबार १९.२७ अंकले बढेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३८.५२ अंकले बढेकाे छ।
यसदिन १.४४ प्रतिशतले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक २७ सय १२ दशमलव ४९ विन्दुमा उक्लिएकाे छ।
यसदिन व्यापार बाहेक सबै उपसमुह बढेका छन् । आज हाइड्राेपावर सर्वाधिक २.१३, माइक्राेफाइनान्स १.६६, वाणिज्य बैंक १.६४, हाेटल तथा पर्यटन १.६०, विकास बैंक १.५९, उत्पादन तथा प्रशाेधन १.४९, फाइनान्स १.४३, निर्जिवन बीमा १.११, जीवन बीमा १.०५ र अन्य समुह १.०३ प्रतिशतले बढेका छन् ।
नेप्से परिसूचकसँगै यस दिन काराेबार रकम पनि बढेकाे छ। आज ३२९ कम्पनीकाे १ कराेड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ कराेड ४३ लाख ८१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।
आइतबार ३ सय ४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४ सय ६२ कित्ता शेयर ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियाे ।
आज १५४ कम्पनीकाे सेयर बढेकाेमा सालपा विकास बैंक ९.९९, पञ्चकन्या माइ हाइ हाइड्राेपावर ९.८९ र रिलायन्स स्पिनिङ मिल्सकाे सेयर मूल्य ९.८२ प्रतिशतले बढेकाे छ।













