शेयर बजारमा दोस्रो पोजेटिभ सक्रिट ब्रेक, नेप्से ५ प्रतिशतले बढ्यो  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजारमा दोस्रो पोजेटिभ सक्रिट ब्रेक, नेप्से ५ प्रतिशतले बढ्यो 



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोस्रो सकारात्मक सक्रिट ब्रेक लागेको छ । पहिलो सक्रिट ब्रेक लागेर २० मिनेट बजार बन्द भएपछि दोस्रो सक्रिट ब्रेक लागेको हो । 

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइको सरकार बनाउने भएपछि शेयर बजारमा उछाल आएको हो । अहिलेकोको बुललाई ‘बालेन बुल’ भनेर पनि हेरिएको छ । 

दोस्रो सक्रिटमा शेयर बजार ५ प्रतिशत (१२५.७२ अंक)ले बढेर परिसूचक २८४८.२२ विन्दुमा पुगेको छ । 

शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ ।

नेप्सेमा बजार खुलेको पहिलो १ घण्टामा ४ प्रतिशतले बढ्दा वा घट्दा २० मिनेटका लागि सक्रिट ब्रेक लगाएर बजार बन्द हुन्छ । २ घण्टा भित्र ५ प्रतिशतले वढे वा घटेमा भने फेरी ४० मिनेटका लागि सक्रिट ब्रेक लगाएर बजार बन्द हुन्छ भने बजार ६ प्रतिशतले बढेमा दिनभरीका लागि सक्रिट ब्रेक लगाएर त्यो दिनका लागि कारोबार बन्द हुन्छ ।


प्रतिक्रिया दिनुहोस्