सर्वसाधारणका लागि खुला गरेकाे शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सर्वसाधारणका लागि खुला गरेकाे शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन १७ गतेदेखि दोस्रो चरणको शेयर बिक्री खुला गरेको थियो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अहिले भने कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि प्रक्रिया अगाडि बढाइएको हो।

कम्पनीले कुल ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीयलाई ९ लाख ८० हजार कित्ता र विदेशमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता बाँडफाँट भइसकेको छ।

अहिले दोस्रो चरणमा कम्पनीका कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो। यस शेयरको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आज बैंकिङ समयभित्र इच्छुक लगानीकर्ताले सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ मार्फत आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्