प्रि–ओपन सेसनमै करिब ३६ अंकले बढ्यो नेप्से
काठमाडौं । आज मंगलबार प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३६ अंकले बढेको छ । सो सेसनमा नेप्से परिसूचक १.२४ प्रतिशतले बढेर २९११.३६ विन्दुमा पुगेको ।
प्रतिनिधि सभाको फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले दुई तिहाइको सरकार बनाउने भएपछि शेयर बजारमा अहिले ‘बालेन बुल’ आएको चर्चा भइरहेको छ ।
रास्वपाले सभापतिको रूपमा बालेनलाई अगाडि सारेकाले गर्दा अहिलेको शेयर बजारको बढाइँलाई बालेन बुल भनेर शेयर लगानीकर्ताले भन्दै आएका छन् ।













