सेयर बजारमा ३२ अंकको करेक्सन: परिसूचक घट्दा पनि २१ अर्ब ५० करोडको उच्च कारोबार
काठमाडाैं । मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ। साेमबार ६ प्रतिशतले बढेर सक्रिट ब्रेक लागेकाे बजार आज भने ३२.०८ अंकले घटेर २ हजार ८ सय ४३ को विन्दुमा कायम भएको छ ।
आज १.११ प्रतिशतले घटेकाे बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सकाे सेयर मूल्य १० प्रशतले बढेकाे छ भने सालपा विकास बैंककाे सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र थ्रि स्टार हाइड्राेपावरकाे सेयर मूल्य९.०८ प्रतिशत बढेकाे छ । यसदिन हिमस्टार उर्जा कम्पनीकाे सेयर मूल्य सर्वाधिक ६.३६ प्रतिशत घटेकाे छ।
नेप्से परिसूचक घटेपनि यसदिन उच्च काराेबार भएकाे छ। आज दिनभरिमा ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोडको शेयर कारोबार भएको छ ।
आजकाे बजारमा व्यापार र फाइनान्स उपसमुह २.१२ र २.०६ प्रतिशतले घटेकाे छ भने हाेटल तथा पर्यटन १.८५, उत्पादन तथा प्रशाेधन १.६९, लगानी १.५८, जलविद्युत १.४५, अन्य समुह १.४३, वाणिज्य बैंक १.२७ र विकास बैंक १.१६ प्रतिशत घटेकाे छ । यता म्युच्युअल फण्ड समुह सर्वाधिक १.३४ प्रतिशतले बढेकाे छ।













