टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरेको हो।

कम्पनीले कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। यसका साथै सामूहिक लगानी कोषलाई १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीलाई ६० हजार ६१३ कित्ता शेयर सुरक्षित गरिएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन् भने स्थानीय बासिन्दाका लागि छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्मको समय तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्