याम्बालिङ हाइड्रोपावरको आइपीओ चैत ८ गतेदेखि बिक्री हुने
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रथामिक शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले चैत ८ गते देखि आइपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आइपीओ बिक्री गर्ने छ । जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँबराबरको २८ लाख कित्ता आइपीओ ल्याउन कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले पहिले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ७ करोड रुपैयाँबराबरको ७ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीलाई २ लाख १० हजार कित्ता शेयर बिक्री गर्ने छ ।
कम्पनीले शेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय आइपीओ निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा हुनेछ २०८३ बैशाख ७ गते तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ ।













