कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने



काठमाडौँ। कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ता शेयर निष्कासन गर्न लागिएको हो।

स्थानीयका लागि छुट्याइएको कुल शेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्र बझाङ, बैतडी र दार्चुलाका तोकिएका वडाहरूका लागि र बाँकी ४ लाख ९० हजार कित्ता ती क्षेत्रका अन्य वडाका बासिन्दाका लागि बाँडफाँट गरिनेछ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूले चैत १५ गतेसम्म र स्थानीयले चैत २४ गतेसम्म (छिटोमा) आवेदन दिन पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्