दोहोरो अंकले घटेको सेयर बजारमा करिब १२ अर्बको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज सेयर बजार मापक नेप्से २६.०७ अंकले बढेर २७ सय ९८ दशमलव ८३ बिन्दुमा रोकिएको छ।
नेप्से सूचकसँग यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३४५ कम्पनीकाे ३ कराेड ७ लाख ९० हजार २११ कित्ता सेयर खरिदबिक्रि हुँदा ११ अर्ब ९७ कराेड ४६ लाख ९६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।
आजकाे काराेबारमा ४८ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ५ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यसदिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखाेला हाइड्राेपावर, साेलु हाइड्राेपावरकाे सेयर मूल्य १० प्रतिशत र हाेटल फाेरेस्ट इनकाे सेयर मूल्य ९.९३ प्रतिशतले बढेकाे छ ।
यसदिन उत्पादन तथा प्रशाेधन उपसूचक बाहेक सबै उपसूचकहरू घटेका छन् । आज सर्वाधिक वाणिज्य बैंक १.६१, लगानी १.५२ र अन्य समुहकाे उपसूचक १.०९ प्रतिशत घटेकाे छ।













