प्रि–ओपन सेनमा सामान्य बढ्यो नेप्से, आज दिनभर बजार के होला ?  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रि–ओपन सेनमा सामान्य बढ्यो नेप्से, आज दिनभर बजार के होला ? 



काठमाडौं । प्रि–ओपन सेसनमा सामान्य अंकले नेप्से बढेको छ । आज नेप्से १.९० अंकले बढेर २८१४.२५ विन्दुमा पुगेको छ । 

सो सेनमा ५ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ हजार ८९८ कित्ता शेयर कारोबार भएको छ । 

सो सेसनमा ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटाको भने स्थिर रहेको छ । 

अहिले शेयर बजारमा दैनिक रूपमा कारोबार रकम उच्च भएको देखिएको छ । अहिले देशमा गत भदौ २३ र २४ गते भएको जेन–जी जनआन्दोलन पनि फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतीहाई ल्याएको अवस्था छ । 

रास्वपाले आफ्नो घोषणा पत्रमै शेयर बजारलाई राम्रो स्थान दिएका कारणले गर्दा पनि रास्वपाको सरकारले बजार लक्षित राम्रा नीतिहरू लिनेमा लगानीकर्ताहरू विश्वास गिरहेका छन् । 

त्यसको प्रभावले गर्दा पनि शेयर बजार बढ्न सक्ने सम्भावना छ । रास्वपाले बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रूपमा अगाडि बढाएका कारणले गर्दा पनि अहिले आम लगानीकर्ता सकारात्मक देखिएका छन् । त्यसका प्रभाव शेयर बजारमा देखिन सक्छ । 

रास्वपाको निर्वाचन परिमाण आउँदै गर्दानै शेयर बजार निरन्तर ३ पटकसम्म सकारात्मक सर्किट लेबलमा कारोबार भएकाले शेयर बजार उच्च अंकले बढेको थियो । सो बढाइका कारले गर्दा अहिले केही लगानीकर्ता आफ्नो प्रफिट बुक पनि गरिरहेका छन् । त्यसको केही सेलिङ प्रेसर आएको खण्डमा बाहेक शेयर बजार मथिनै जाने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस्