याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो



काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा सेयर निष्काशन गरेको हो।

कम्पनीले आफ्नो कुल जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही बमोजिम आजदेखि दुई छुट्टाछुट्टै समूहका लागि सेयर बिक्री खुला गरिएको छ।

कम्पनीले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ। यसमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का बासिन्दाहरूले मात्र आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने म्याद छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहेको छ। त्यस्तै, स्थानीय बासिन्दाहरूका लागि भने निष्काशन बन्द हुने मिति छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्