स्नो रिभर्सको आइपीओमा आजदेखि आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

स्नो रिभर्सको आइपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडौं । स्नो रिभर्सले निष्काशन तथा बिक्री खुला गरेकाे आइपीओमा आज चैत ९ गतेदेखि आवेदन दिन सकिने छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ ल्याएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको थियो।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो। यी दुवै समूहले यस आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।

स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा चैत २३ गते र ढिलोमा वैशाख ८ गते हुनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते निष्कासन बन्द हुनेछ।


प्रतिक्रिया दिनुहोस्