अपि पावरको सिइओमा शिशिर भट्टराई नियुक्त
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा शिशिर भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीइओमा नियुक्त गरेको कम्पनी सचिव सुजन अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सिइओलाई आजदेखि लागु हुनेगरी नियुक्त गरेको हो ।












