सामसङले सर्वजनिक गर्यो नयाँ वर्षमा एक्स्टेन्डेड इएमआई योजना, पक्का उपहार र छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सामसङले सर्वजनिक गर्यो नयाँ वर्षमा एक्स्टेन्डेड इएमआई योजना, पक्का उपहार र छुट



Samsung को ‘Smart Ghar, Smart Suruwat’ नयाँ वर्ष अफरसँगै आफ्ना नयाँ TV र होम एप्लायन्सहरूका साथ वर्षको सुरुवात गर्नुहोस् । यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ। विश्वकै नम्बर १ Vision AI टिभी र Bespoke AI होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूका साथ आफ्नो जीवनशैलीलाई सजिलो बनाउनुहोस् र घरलाई अझ स्मार्ट बनाउनुहोस्।

यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ। नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हो।

यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६kg Surf Excel Matic पक्का उपहारको रूपमा नि:शुल्क पाइन्छ।

टिभी Offers available:

क्याटेगोरीइन्चछुट (सम्म)पक्का उपहार
QLED५५” – ८५”२५%१२ महिना नि:शुल्क NETTV प्याकेज
UHD४३” – ६५”१०%१२ महिना नि:शुल्क NETTV प्याकेज
FHD४३”७%६ महिना नि:शुल्क NETTV प्याकेज
HD३२”२१%६ महिना नि:शुल्क NETTV प्याकेज

वाशिंग मेशिनOffers available:

क्याटेगोरीक्षमताछुट (सम्म)Sure-shot Gift
AI EcobubbleTM Washer Dryer९-११ Kg२३%Surf Excel Matic FL ६ Kgs
AI EcobubbleTM Front Load९-१२ Kg२०%Surf Excel Matic FL ६ Kgs WW90DG5U24AXIM मा अनुमति छैन
Fully Automatic Top Load८ Kg१२% 
Semi Automatic Top Load७ Kg१२% 

Refrigerator Offers available:

क्याटेगोरीक्षमताछुट (सम्म)
SBS७००L११%
5 in 1३५०L – ४१९L१६%
Double Door२५३L – २७५L१७%
Single Door१९२L – २३०L१५%

अब नयाँ २४ महिना EMI योजनासँग सामसंगका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिना EMI को तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।

Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित, सामसंग इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिना EMI योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिना EMI विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागू हुन्छ।

साथै, नयाँ सामसंगटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत सामसंगरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसंगस्टोरमा गई विवरण बुझ्न सक्नुहुन्छ।


प्रतिक्रिया दिनुहोस्