बैशाख २ गतेदेखि सर्वसाधारणका लागि ३४ लाख कित्ता बढी आईपीओ निष्काशन गर्दै सोपान फर्मास्यूटिकल्स - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैशाख २ गतेदेखि सर्वसाधारणका लागि ३४ लाख कित्ता बढी आईपीओ निष्काशन गर्दै सोपान फर्मास्यूटिकल्स



काठमाडाैं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामी २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले आफ्नो कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ४ लाख २९ हजार कित्ता, कर्मचारीहरूका लागि १ लाख ७१ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख १४ हजार ५०० कित्ता शेयर यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ।

अब बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ। यसको कुल बजार मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख ६ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म माग बमोजिम पूर्ण आवेदन नपरेमा निष्काशनको म्याद वैशाख १६ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्