शेयर बजारमा फेरी गयो पहिरो, नेप्से ७४ अंकले घट्यो
कठमाडौं । बुधबार पुनः शेयर बजारमा पहिरो गएको छ । आज नेपाल फेरी घटेको छ । हिजो दाेहाेराे अंकले बढेको स्टक एक्सचेञ्ज (नेप्से) आज फेरी ७४.७३ अंककले घटेको हाे ।
आज बजार बन्द हुँदा नेप्से २.६२ प्रतिशतले घटेर २७ सय ७६ दशमलव ३६ विन्दुमा नेप्से पुगेको छ ।
बुधबारको काराेबारमा सबैभन्दा धेरै अन्य समूहको उपसूचक ५.२६ प्रतिशतले घटेको छ। यसैगरी ट्रेडिङ इन्डेक्स ३.९६ प्रतिशत, विकास बैंक ३.१८ प्रतिशत र फाइनान्स समूहको उपसूचक ३.०३ प्रतिशतले ओरालो लागेका छन्।
यस्तै जलविद्युत समूह २.८१ प्रतिशत, लगानी २.६७ प्रतिशत र बैंकिङ उपसूचक २.३१ प्रतिशतले घटेको छ।निर्जीवन बीमा २.२२ प्रतिशत, होटल तथा पर्यटन २.१२ प्रतिशत र जीवन बीमा २.०२ प्रतिशतले घट्दा लघुवित्त १.९९ प्रतिशतले घटेका छन् ।
बजार परिसूचक घट्दा पनि काराेबार भने बढेकाे छ । आज ३४७ कम्पनीकाे ३ कराेड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १२ अर्ब १० कराेड ९५ लाख २५ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे छ।
हिजाे ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोढ २४ लाख १८ हजार रुपैयाँको कारोबार भएको थियाे।
बजार बन्द हुँदा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २५५ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन ।
यसदिन रिलायन्स स्पिनिङ मिल्स र सुपरखुदी हाइड्रोपावरकाे सेयर मूल्य १० प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेकाे छ।













