सेयर बजारमा झिनो सुधार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । साताको अन्तिम कारोबार दिन दिनभरको उतारचढावबीच सेयर बजार झिनो अंकले बढेको छ। ७४.७३ अंककले घटेको सेयर बजार मापक नेप्से आज ५.८२ अेकले बढेर २७ सय ८२ दशमलव १८ बिन्दुमा रोकिएको छ।
बुधबारको कारोबारमा बैंकिङ, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीवन बीमा र अन्य समुहको उपसूचक घटेका छन् भने बाँकी सबै समुहका उपसूचक बढेका छन् । आज व्यापार समुह सर्वाधिक २.५३ प्रतिशत बढेकाे छ।
नेप्से परिसूचकसँगै आज काराेबार पनि खुम्चिएकाे छ। यसदिन ३२८ कम्पनीकाे २ कराेड १३ लाख १८ हजार ९२९ कित्ता सेयर ८ अर्ब ८१ कराेड ९७ लाख २२ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे छ।
हिजाे ३४७ कम्पनीकाे ३ कराेड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १२ अर्ब १० कराेड ९५ लाख २५ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे थियाे ।
९८ कम्पनीकाे सेयर मूल्य बढेकाेमा यसदिन रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य १० प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावर र सुपरखुदी हाइड्रोपावरकाे सेयर मूल्य ९.९९ प्रतिशत र हाेटल फरेस्ट इनकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ।













