प्रिओपनमा १९ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौँ । लगातार ओरालो लागिरहेको सेयर बजारमा सोमबार के होला भन्ने कैतुहतलता छँदै छ । तर यस दिन प्रिओपन सेसनमा १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । अरु १२ वटा कम्पनीको मूल्य स्थिर देखिएको छ ।
नेप्सेको सूचकांक भने १.७४ अंक घटेर २६७५ अंकबाट पनि ओर्लिएको छ ।












