८% आइसिएफसि फाइनान्स डिबेञ्चर २०८९ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

८% आइसिएफसि फाइनान्स डिबेञ्चर २०८९ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ।

फाइनान्सले जारी गरेको ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९” आज सोमबार सूचीकरण गरिएको हो।

नेप्से र फाइनान्सबीच भएको सूचीकरण सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार प्रति इकाई १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन्।

नेप्सेमा सूचीकरण भएसँगै उक्त ऋणपत्र भोलि मंगलबार (२०८२ चैत २४ गते) देखि दोस्रो बजारमा नियमित रुपमा कारोबार हुनेछ। कम्पनीले डिबेञ्चरधनीहरूको अभिलेख राख्ने, नामसारी गर्ने लगायतका शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण सेवाका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्