नयाँ वर्ष २०८३ को अवसरमा बेकोको विशेष योजना: ७० हजारसम्म क्यासब्याक र स्योर सट गिफ्ट्स - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नयाँ वर्ष २०८३ को अवसरमा बेकोको विशेष योजना: ७० हजारसम्म क्यासब्याक र स्योर सट गिफ्ट्स



काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा युरोपको अग्रणी होम अप्लायन्स ब्रान्ड बेकोले नेपाली ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ।

“ह्याप्पी इयर बिगिन्स विथ बेको” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले नयाँ वर्षको सुरुवातलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले बेकोका विभिन्न होम अप्लायन्सहरू खरिद गर्दा रु. ७०,००० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, हरेक खरिदमा स्योर सट गिफ्ट्सको सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई तत्काल अतिरिक्त लाभ प्रदान गर्नेछ।

यस अफर अन्तर्गत वाशिङ मेसिन खरिद गर्दा ६ केजी एरियल डिटर्जेन्ट, डिसवासरमा २ वटा वाशिङ ट्याब्लेट्स, फ्री स्ट्यान्डिङ ओभन खरिदमा सीजी प्रेसर कुकर, तथा एयर कन्डिसनरमा फ्री इन्स्टलेसन प्रदान गरिनेछ। यसले ग्राहकहरूको दैनिक जीवनलाई अझ सहज र सुविधाजनक बनाउने विश्वास कम्पनीले लिएको छ।

बेकोले आफ्नो उत्पादनमा गुणस्तर र प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको छ। कम्पनीले १००% पार्ट्स एभिलिबिलिटी र सर्भिस ग्यारेन्टी, स्मार्ट होमवाइज ब्लुटुथ कनेक्टिभिटी, साथै १२ वर्षसम्मको वारेन्टी जस्ता सुविधाहरू उपलब्ध गराउँदै ग्राहकको विश्वास जित्दै आएको छ। युरोपको नम्बर १ होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित बेकोले नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

यसका अतिरिक्त, ग्राहकहरूले सीजी एलेक्स मार्फत सजिलो शुन्य % ईएमआई विधा पनि उपभोग गर्न सक्नेछन्, जहाँ न्यूनतम कागजी प्रक्रिया र “नागरिकता भए पुग्छ” भन्ने सरल प्रक्रियाले खरिदलाई अझ सहज बनाएको छ।

सीजी इलेक्ट्रोनिक्स मार्फत नेपालभर उपलब्ध बेकोका यी सबै अफरहरू सीमित अवधिका लागि मात्र लागू हुने भएकाले ग्राहकहरूलाई आफ्नो नजिकको आधिकारिक शोरुम वा डिलरमार्फत छिटो खरिद गर्न कम्पनीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्