२५ भदौ २०८३, बिहिबार

सुस्तायाे सेयर बजारः नेप्से २.६१ अंकले घट्दा कारोबार रकम ६ अर्ब ७३ करोडमा सीमित



काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन मंगलबार पुनः सेयर बजारमा झिनाे गिरावट देखिएकाे छ।

साेमबार ८३.३३ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज २.६१ अंकले घटेर २७ सय ५७ दशमलव ४० बिन्दुमा राेकिएकाे छ।

आज हाेटल तथा पर्यटन १.०८, हाइड्राेपावर ०.१५ र वाणिज्य बैंक सुमहकाे उपसूचक ०.०४ प्रतिशत बढेकाे छ भने बाँकी सबै समुहका उपसूचक घटेका छन्। व्यापार समुह सर्वाधिक १.८८ प्रतिशत घटेकाे छ।

नेप्सेसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३४५ कम्पनीकाे १ कराेड ७४ लाख ६ हजार ६१६ कम्पनीकाे सेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७३ कराेड ७१ लाख ४८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।

हिजाे ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँमा खरिद-बिक्री भएकाे थियाे ।

यसदिन ८२ कम्पनीकाे सेयर मूल्य बढेकाेमा भुजुङ, सुपर खुदी र स्वेत गंगा हाइड्राेपावरकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने रिजलाइन इनर्जी र सुर्यकण्ड हाइड्राेपावरकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ भने हाेटल फाेरेस्ट इनकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ।