४८ अंकले बढ्याे नेप्से, पाैने १० अर्बकाे काराेबार
काठमाडाैं । लगातार दाेस्राे दिन बिहिबार पनि सेयर बजारमा उत्साह देखिएकाे छ। बुधबार ४५.१२ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज पनि ४८.७१ अंकले बढेकाे हाे ।
यसदिन १.७३ प्रतिशत बढेकाे नेप्से २८ सय ५१ दशमलव २४ बिन्दुमा राेकिएकाे छ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यसदिन ३३८ कम्पनीकाे २ कराेड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर ९ अर्ब ९१ कराेड ९२ लाख १० हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३४६ वटा कम्पनीका १ करोड ८८ लाख कित्ता शेयर ८ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
आज १३ वटै उपसूचकमा हरियालि छाएकाे छ। यसदिन अन्य समुहकाे उपसूचक सर्वाधिक ३.४३, हाइड्राेपावर २.७०, उत्पादन तथा प्रशाेधन २.५८, हाेटल तथा पर्यटा २.३९ प्रतिशत बढेकाे छ। यस्तै विकास बैंक, फाइनान्स, लगानी, माइक्राे फाइनान्स, निर्जीवन बीमा समुहका उपसूचक १ प्रतिशत भन्दा धेरै बढेका छन् ।
आज २५१ कम्पनीकाे सेयर मूल्य बढेकाेमा ८ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यसदिन आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्राेपावर, रिजलाइन इनर्जी, साेलु हाइड्राेपावर र हाेटल फरेस्ट इनकाे सेयर मूल्य १० प्रतिशत र सुपरखुदी हाइड्राेपावर र सुर्यकुण्ड हाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ।













