सरकारले बढायो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल कति पुग्यो ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सरकारले बढायो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल कति पुग्यो ?



काठमाडौं । सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य बढाएकाे छ।

यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा बढाएर ३ हजार ९ सय ४५ रुपैयाँ पुर्याएकाे छ। भने चैते धानको मूल्य प्रतिक्विन्टल ५५ रुपैयाँ ८ पैसाले बढाएर २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ।

गत वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धान २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल थियो ।

मन्त्रालयका अनुसार चैते धानको यो समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्