वर्षकाे अन्तिम दिन नेप्सेमा झिनो गिरावट, कारोबार रकम पनि साढे ८ अर्बमा खुम्चियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वर्षकाे अन्तिम दिन नेप्सेमा झिनो गिरावट, कारोबार रकम पनि साढे ८ अर्बमा खुम्चियो



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा झिनो गिरावट देखिएको छ। अघिललो कारोबार दिन शुक्रबार १३ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ४.१८ अंकले घटेर २८ सय ३३ दशमलव ६० बिन्दुमा रोकिएको छ।

आज वाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार समुहका उपसूचक घटेका छन भने अन्य समुहको उपसूचक १.६२ प्रतिशत घटेको छ। बजार घटेको दिन निर्जीवन बीमा, म्युच्युअल फण्ड, लगानी, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समुहको सेयर बढेकोमा होटल तथा पर्यटन समुहको उपसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ।

नेप्से परिसूचसँगै यसदिन कारोबार रकम पनि घटेको छ। आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर खरिदबिक्रि हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन गत शुक्रबार २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर ८ अर्ब ९९ करोड ३२ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन १०५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १५३ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै १२ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ। आज सुपरखुदी हाइड्रोपावर, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रजको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिज लाइन इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत र शिखर पावर डेभलपमेन्टकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ।


प्रतिक्रिया दिनुहोस्