३३.८३ अङ्कले घट्यो शेयर बजार, ९ अर्ब रुपैयाँमा खुम्चियो कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

३३.८३ अङ्कले घट्यो शेयर बजार, ९ अर्ब रुपैयाँमा खुम्चियो कारोबार



काठमाडौं । बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। हिजो ३३.२७ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ३३.८३ अंकले नै घटेको हो ।

आज १.१८ प्रतिशतले घटेकाे नेप्से परिसूचक २८ सय ३३ दशमलव ०३ बिन्दुमा राेकिएकाे छ।

सबै समुहकाे उपसूचक घटेकाेमा आज फााइनान्स १.९८, अन्य समुहकाे उपसूचक १.९०, उत्पादन तथा प्रशोधन १.५४, जलविद्युत १.५१, निर्जीवन बीमा १.२८, लगानी १.२७, विकास बैंक १.१५ र व्यापार समुहको उपसूचक १.०१ प्रतिशत घटेको छ ।

नेप्से परिसूचक सँग आज कारोबार रकम पनि घटेको छ। आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ।

हिजो ३४४ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर १० अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको थियो ।

२३६ कम्पनीकाे सेयर मूल्य घटेकाेमा यसदिन ३१ कम्पनीकाे सेयर मूल्य बढेकाे छ। आज रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्राे इनर्जीकाे सेयर मूल्य १० प्रतिशतकाे सकारात्मक सर्किट लागेकाे छ भने हाेटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टकाे सेयर मूल्य ९.९९ प्रतिशत बबढेकाे छ।


प्रतिक्रिया दिनुहोस्