नेप्सेमा १७.९१ अंकको गिरावट, ३ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। हिजो १३.१७ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज १७.९१ अंकले घटेर २८ सय ७ दशमलव ३१ बिन्दुमा झरेको छ।
नेप्से परिसूचक घटेपनि यसदिन कारोबार रकममा भने झिनो सुधार देखिएको छ। आज ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो ।
समग्र बजार घटेकाे यसदिन हाेटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले बढेकाे छ भने बाँकी सबै समुह घटेका छन्।आज अन्य समुह १.२७, जलविद्युत १.२३ र फाइनान्स १.०९ प्रतिशत घटेका छन्।
२१५ कम्पनिकाे सेयर मूल्य घटेकाेमा आज ४८ कम्पनीकाे मात्र सेयर मूल्य बढेकाे छ। यसदिन सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरकाे सेयर मूल्य क्रमशः १५ प्रतिशत र १४.९९ प्रतिशत बढेकाे छ। यस्तै कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयर मूल्य १४.८२ प्रतिशत बढेकाे छ।













