नेप्से झिनो अंकले घट्यो नेप्से, कारोबार कति ?  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्से झिनो अंकले घट्यो नेप्से, कारोबार कति ? 



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से २.९५ अंकले घटेको हो । नेप्से आज ०.१० प्रतिशतले घटेर २८०४.१७ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३४२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २१ हजार ४३३ पटक शेयर किनबेच भएको छ । 

आज वाणिज्य बैंक, फाइनान्स, लगानी, उत्पादन तथा प्रशाेधन र निर्जीवन बीमा समुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचकहरू घटेका छन् ।

यसदिन १२१ कम्पनीकाे सेयर मूल्य बढेकाेमा पाल्पा सिमेन्टकाे सेयर मूल्य १५ प्रतिशत, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरकाे सेयर मूल्य १४.९९ प्रतिशत र झापा इनर्जीकाे सेयर मूल्य १४.०८ प्रतिशतले बढेकाे छ। यता हाेटल फरेस्ट इनकाे सेयर मूल्य भने १०.७५ प्रतिशतले घटेकाे छ।


प्रतिक्रिया दिनुहोस्