१७ अंकले घट्याे शेयर बजार परिसूचक नेप्से, ५ अर्बमा खुम्चियाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१७ अंकले घट्याे शेयर बजार परिसूचक नेप्से, ५ अर्बमा खुम्चियाे काराेबार



काठमाडाैं । लगातार चाैथाे दिन पनि सेयर बजारमा गिरावट देखिएकाे छ। आज सेयर बजार मापक नेप्से परिसूचक १७.०१ अंकले घटेर २७ सय ८७ दशमलव १५ बिन्दुमा राेकिएकाे छ।

नेप्से परिसूचकसँगै यसदिन काराेबर पनि खुम्चिएकाे छ । आज ३४८ कम्पनीकाे १ कराेड १ङ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ कराेड ५९ लाख ५ हजार रूपैयाँमा काराेबार भएकाे छ।

हिजाे ३४२ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज उत्पादन तथा प्रशाेधन, म्युच्युअल फण्ड र व्यापार समुह बढेकाे छ भने बाँकी सबै समुहकाे सेयर घटेका छन्। यसदिन हाेटल तथा पर्यटन १.४२, निर्जीवन बीमा १.१९, फाइनान्स १.०६, हाइड्राेपावर समुहकाे उपसूक १.५ प्रतिशतले घटेकाे छ।

बजार बन्द हुँदा २१६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

यसदिन पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टकाे सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेकाे छ। यता सुर्यकुण्डहाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य ११.७९ प्रतिशतले घटेकाे छ।


प्रतिक्रिया दिनुहोस्