नेप्से झिनो अंकले बढ्यो, ५ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नप्से) आज झिनो अंकले बढेको छ । आज नेप्से १.५४ बढेको छ । बजार बन्द हुँदा नेप्से ०.०५ प्रतिशतले बढेर परिसूचक २७८८.७० विन्दुमा पुगेको छ ।
आज दिनभरमा ५ अर्ब २७ करोड ४ लाख रुपैयाँ बराबरको १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर कारोबार भएको छ ।
आज बजार बन्द हुँदा ८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३५१ वटा कम्पनी कारोबारमा आउँदा ७५ हजार २२९ पटक शेयर किनबेच भएको छ ।













