सिडीएससीका सञ्चालक प्रविन पन्दाकलाई नेप्सेले फिर्ता बोलायो - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

सिडीएससीका सञ्चालक प्रविन पन्दाकलाई नेप्सेले फिर्ता बोलायो



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) को सञ्चालक प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ ।

शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हाे ।

पन्दाकले राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गरी गैरकानुनी रूपमा पद ओगटेको भन्दै केही दिनअघि प्रधानमन्त्री कार्यालयको ‘हेलो सरकार’ मा उजुरी दर्ता भएको थियो। सोही उजुरी र बढ्दो दबाबका बीच नेप्सेले उनलाई फिर्ता बोलाउने कदम चालिएकाे बताइएकाे छ।

पन्दाक नेप्सेको नवौँ तहको कर्मचारी भए तापनि उनलाई नियमावली विपरीत एक वर्षभन्दा बढी समयदेखि सिडीएससीको प्रमुख पदमा काजमा राखिएको थियो। यो नियुक्ति गैरकानुनी रहेको र उनले आफू कानुनभन्दा माथि रहेको दम्भ प्रस्तुत गर्दै शक्तिको आडमा विधि मिचेको विषयलाई उजुरीमा गम्भीरतापूर्वक उठाइएको थियो।

उनीमाथि विभिन्न आर्थिक अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पटक–पटक उजुरी परेका थिए।


प्रतिक्रिया दिनुहोस्