सेयर बजारमा लगातार दोस्रो दिन गिरावट: नेप्से २७४४ विन्दुमा झर्यो, ४ अर्ब ९८ कराेडकाे कराेबार
काठमाडाैं। लगातार दाेस्राे दिन पनि सेयर बजारमा गिरावट देखिएकाे छ। हिजाे २६.१६ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज २५.८१ अंकले घटेकाे छ।
यसदिन ०.९३ प्रतिशतले घटेकाे नेप्से परिसूचक २७ सय ४४ दशमलव ४५ विन्दुमा झरेकाे छ।
आज १३ उपसमुहमध्ये ३ उपसमुह मात्र उकालो लागेका छन् जसमा व्यपार समुह सर्वाधिक १.०९ प्रतिशत बढेकाे छ। बाँकी सबै उपसमुह घटेका छन् । यसदिन उत्पादन तथा प्रशाेधन २.२४, हाेटल तथा पर्यटन १.६४, हाइड्राेपावर १.४५ र निर्जीवन बीमा १.११ प्रतिशतले घटेकाे छ।
नेप्से परिसूचकसँगै आज काराेबार पनि घटेकाे छ। यसदिन ३५१ कम्पनीकाे १ कराेड २१ लाख ३४ हजार ३६० कित्ता सेयर ४ अर्ब ९८ कराेड ६२ लाख ९४ हजार रूपैयाँकाे काराेबार भएकाे छ।
हिजाे ३४९ कम्पनीकाे १ कराेड ४० लाख १८ हजार ९२० कित्ता सेयर ६ अर्ब ५३ कराेड १७ लाख २३ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
आज ३० वटा कम्पनीको शेयर बढेकोमा २३५ वटाको घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर घटबढ भएको छैन । यसदिन कर्पाेरेट डेभलपमेन्टकाे सेयर मूल्य सर्वाधिक १३.८१ प्रतिशत बढेकाे छ।













