शेयर बजारमा छैन उत्साह, आज पनि नेप्से ३४ अंकले घट्यो
काठमाडौं । अहिले शेयर बजारमा मन्दी छाएको छ । आज पनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६३अंकले घटेर बन्द भएको छ ।
आज नेप्से १.२६ प्रतिशतले घटेर २७०४.०८ विन्दुमा परिसूचक पुगेको छ । आज नेप्से घट्दा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ७४ हजार ५२४ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा भने २७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ६८ हजार ६३५ पटक शेयर किनबेच हुँदा ३४१ वटा कम्पनी कारोबारमा आएको छ ।













