सेयर बजारमा सामान्य गिरावट: नेप्से १.६४ अंकले घट्दा कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सेयर बजारमा सामान्य गिरावट: नेप्से १.६४ अंकले घट्दा कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित



काठमाडाैं । बुधबार सेयर बजारमा सामान्य अंकले घटेकाे छ। मंगलबार ८.७८ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज १.६४ अंकले घटेर २७ सय ११ दशमलव २२ बिन्दुमा कायम भएको छ ।

यसदिन नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । आज ३ सय ३५ कम्पनीको ६७ लाख ५३ हजार ३५७ कित्ता शेयर ४५ हजार ९३७ पटक खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँको बराबरको कारोबार भएको छ।

आज विकास बैंक समुह ०.५१, हाइड्राेपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशाेधन ०.५६ र व्यापार समूहको उपसूचक ०.२५ प्रतिशत घटेका छन्। बाँकी सबै समुहका उपसूचक बढेका छन्।

आजकाे काराेबारमा १०४ कम्पनीकाे सेयर मूल्य बढेकाेमा १४९ कम्पनिकाे घटेकाे छ भने १५ कम्पनीकाे स्थिर रहेकाे छ।


प्रतिक्रिया दिनुहोस्