उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन्। उनले बिहीबार निवर्तमान अध्यक्ष चन्द्र ढकालसामु पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेका हुन्।
अध्यक्ष श्रेष्ठले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका छन्।
एफएनसीसीआईमा नयाँ नेतृत्व चयनका लागि वैशाख २२ गते निर्वाचन भएको थियो। वरिष्ठ उपाध्यक्ष स्वत: हुने विधानको व्यवस्था अनुसार अन्जन अध्यक्ष बनेका हुन्।













