साताको अन्तिम दिन नेप्सेमा २७ अंकले बढ्याे नेप्से, काराेबार रकम भने ३ अर्बमै सीमित - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

साताको अन्तिम दिन नेप्सेमा २७ अंकले बढ्याे नेप्से, काराेबार रकम भने ३ अर्बमै सीमित



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा दाेहाेराे अंककाे सुधार देखिएकाे छ। आज सेयर बजार मापक नेप्से परिसूचक २७.४९ अंकले बढेर २७ सय ४५ दशमलव ६५ बिन्दुमा राेकिएकाे छ।

काराेबार रकममा पनि यसदिन झिनाे सुधार देखिएकाे छ। आज ३३५ वटा कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३३४ वटा कम्पनीका ६६ लाख ८४ हजार कित्ता शेयर २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज सबै समुहकाे उपसूचकमा हरियाली छाएकाे छ। यसदिन फाइनान्स १.८७, हाेटल तथा पर्यटन १.४८, हाइड्राेपावर १.७१, लगानी १.१०, उत्पादन तथा प्रशाेधन १.४०, निर्जीवन बिमा १.५२ र अन्य समुहकाे उपसूचक १.१३ प्रतिशतले बढेकाे छ।

यसदिन २३५ कम्पनीकाे सेयर मूल्य बढेकाेमा २६ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै ८ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।

आज त्रिशुली जलविद्युत कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने स्वाबलम्बन लघुवित्तकाे सेयर मूल्य ६.५४ प्रतिशत घटेकाे छ।


प्रतिक्रिया दिनुहोस्